१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा ट्रकले बालिकालाई ठक्कर दिएपछि पूर्व–पश्चिम राजमार्ग तनावग्रस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

चितवनको भरतपुर महानगरपालिकामा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि अवस्था तनावपूर्ण बनेको छ। भरतपुर– ९ वसन्तचोकमा बा ०३–००१ ख १३०६ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।

आक्रोशित स्थानीयले ढुंगा मुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। नारायणघाटबाट पूर्वतिर जाँदै गरेको सो ट्रकले शुक्रबार करिब पौने १२ बजे सडक पार गर्न लागेकी अन्दाजी साढे दुई वर्षीया दीपिका जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बालिकाको घटनास्थलमै मृत्यु भएको र बालिकासँगै रहेकी आमा बेहोस रहेकी स्थानीयले बताएका छन्। चालकले ट्रक ब्याक गरेर बालिकालाई मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका छन्।