१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आरोप पुष्टि गर्न ओलीलाई  प्रचण्डको चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२२:oo

ओली दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधि : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहस“ग पा“चबु“दे सहमति भएको दाबी प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । प्रचण्डसँगकै पा“चबु“दे सहमतिमा पूर्वराजा शाहले १९ माघ ०५९ मा निरंकुश प्रतिगामी कदम चालेको ओलीले आरोप लगाएको अर्को दिन बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आरोप पुष्टि गर्न सार्वजनिक चुनौती दिएका हुन् ।

‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी ओली झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ प्रचण्डको विज्ञप्तिमा छ, ‘म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

पुँजी बजारको विषयलाई लिएर ओलीले दिएको अभिव्यक्तिको खण्डन गर्दै प्रचण्डले ओली दलाल पुँजीपति वर्गको एजेन्ट रहेको आरोप लगाएका छन् । ‘माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रूपमा खारेज गर्दछु,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताहरूको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पुँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म सेयरहोल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

ओलीले सेयर कारोबारीबाट चन्दा नपाएको झोकमा प्रचण्डले सेयर बजारमा हमला गरेको आरोप पनि लगाएका थिए । पार्टीका मनोनीत केन्द्रीय सदस्यको शपथ कार्यक्रममा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विदेशीसँग कनेक्सन रहेको र कांग्रेस अस्थिरताको औजार बनेकोसमेत आरोप लगाएका थिए ।