
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको थियो। निर्वाचन समितिका सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना सुरु भएको थियो।
कांग्रेको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन्।