Skip This
जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Saturday, 27 July, 2024
२o७८ पौष १ बिहीबार ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार ११:२१:oo

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) लमजुङले जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोभिड– १९ संक्रमणको जोखिम कायमै रहेकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सय थान पिपिई सेट प्रदान गरिएको आरसिडिसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरेले बताए। प्रतिपिपिई सेट तीन हजार ५५ रुपैयाँ ५२ पैसाका दरले तीन लाख पाँच हजार पाँच सय ५२ रुपैयाँको सामग्री प्रदान गरिएको हो।
 
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा आरसिडिसीले सञ्चालन गरेको डच परियोजनाअन्तर्गत पिपिई सेट प्रदान गरिएको हो। स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले अस्पताल विकास समितिका अध्यक्ष मदन रानालाई हस्तान्तरण गरेका हुन्।

ओमिक्रोन संक्रमण नेपालमा पनि भित्रिएकाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि पिपिई सेट सहयोग गरिएको आरसिडिसी लमजुङले जनाएको छ।  लमजुङ जिल्ला अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले स्वास्थ्य सामग्रीले अस्पतालाई ठूलो सहयोग पुग्ने बताए। यसअघि पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आरसिडिसीले अक्सिजन अभाव भएको समयमा अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री अस्पताललाई सहयोग गर्दै आएको थियो।