१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवा दोस्रोपटक कांग्रेस सभापति निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o२:२४:oo

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापति भएका छन् । प्रतिस्पर्धी डा.शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवाले जित सुनिश्चित गरेका हुन् ।  
१४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये  देउवाले दुई हजार सात सय ३३ मत ल्याएर विजयी भएका हुन् । 

प्रतिस्पर्धी शेखर कोइरालाले जम्मा १८५५ मत ल्याएका छन् । त्यस्तै ३५ मत भने बदर भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो । 

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रोचरणमा देउवालाई सघाउने निर्णय गरेका थिए ।

 

ad
ad