१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गठन गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गरेका हुन्। उनले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए। पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गरे। उनले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्वसहमति प्राप्त बुँदाहरूमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताए। 

पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखापरीक्षण,स्थानीय तहको सीमांकन,मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेसाहरूको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्नेलगायतका कुरामा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए। उनले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु विडम्बना भएको पनि बताए। पूर्वमन्त्री त्रिपाठीले एमसिसीलगायत कतिपय विषयमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताए।