१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशनले ठमेल र गौशालाका होटेल भरिभराउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o५:oo

कोभिड महामारीले सुनसान बनेका काठमाडौंका होटेलहरूमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनले चहलपहल बढाएको छ । अहिले काठमाडौंका सानादेखि तारे होटलसमेतमा कांग्रेसका नेता–कार्यकर्ता र शुभचिन्तकहरूको भिडभाड देख्न सकिन्छ । 

कांग्रेस महाधिवेशनमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई ठमेल र गौशालाका होटेलमा राखिएको छ । सुन्धाराका केही होटेलहरू पनि बुकिङ गरिएको छ । जिल्लाबाट आएका ४४ सयजनालाई राख्न ठमेल र गौशालाका एक सयभन्दा बढी होटेलमा कोठाहरू संस्थागत रूपमा बुकिङ गरिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले बताए । प्रतिनिधिलाई खानाको व्यवस्थापन भृकुटीमण्डप महाधिवेशन स्थलमै गरिएको छ ।

पार्टीले २४ गतेदेखि २७ गतेसम्म चार दिनका लागि होटेल बुकिङ गरेको हो । यो अवधिमा खान र बस्नका लागि साढे तीन लाखसम्म खर्च हुने पाण्डेले बताए । तर, निर्वाचन पहिलो चरणमै सम्पन्न हुने सम्भावना कम छ । सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः मतदान हुनेछ । यदि महाधिवेशन लम्बिए आवास तथा भोजनमा प्रतिदिन ८० हजार रुपैयाँका दरले खर्च हुने अनुमान छ ।

संस्थागत रूपमा ठमेल र गौशालाका होटेल बुकिङ गरे पनि बागबजार, सुन्धारा, बसपार्कलगायत ठाउँका होटेलहरू पनि भरिएका छन् । साथै, राजधानीका चल्तीका तारे होटेलले पनि राम्रै ग्राहक पाइरहेको व्यवसायीले बताएका छन् । महाधिवेशनमा प्रतिनिधिबाहेक नेता–कार्यकर्ता तथा शुभचिन्तक पनि आएका छन् । कतिपय उम्मेदवारहरूले प्रतिनिधिलाई आफ्नो पक्षमा प्रभावित पार्न तारे होटेलमा राखिरहेका छन् । खर्च गर्न सक्ने कार्यकर्ता तथा शुभचिन्तक पनि तारे होटलमै बसेको देखिन्छ ।

महाधिवेशनले काठमाडौंका होटेल तथा रेस्टुरेन्टहरूमा चहलपहल बढेको होटेल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘पार्टीले गौशाला र ठमेलमा कोठा बुकिङ गरेको छ, अरू कार्यकर्ताले आफैँ होटेलमा कोठा लिएर पनि बसिरहेका छन्,’ उनले भने, ‘महाधिवेशनले सुनसान होटेलको चहलपहल बढेको छ ।’ कांग्रेस महाधिवेशनको लामै समय होटेलमा चहलपहल हुनेछ । एकातिर पहिलो चरणमै निर्वाचन सम्पन्न हुनेमा आशंका छ, अर्कोतिर मत गणनामा समेत लामो समय लाग्ने हुँदा नेता–कार्यकर्ताको चहलपहल लामै समय रहनेछ ।

महाधिवेशनमा भाग लिन प्रवासबाट पनि प्रतिनिधि र शुभचिन्तक काठमाडौं आएका छन् । विदेशबाट आएका प्रतिनिधि आफैँ खर्च गरेर काठमाडौंका तारे होटेलमा बसिरहेको हानका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । कांग्रेस महाधिवेशनले काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा मदिराको बिक्री पनि उच्च रहेको व्यवसायी बताउँछन् । खासगरी उम्मेदवारले मतदाता रिझाउन मदिरामा राम्रै खर्च गर्ने गरेका छन् । 

यही समय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै चलिरहेको छ । बैठकमा भाग लिन देशभरका सदस्य काठमाडौं आएका छन् । उनीहरू पनि काठमाडौंका होटेलमा बसिरहेका छन् । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनको वार्षिक साधारणसभा पनि हालै काठमाडौंमा सम्पन्न भयो । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि पनि होटेलमै बसेका थिए । ठूला व्यावसायिक घरानाहरू संलग्न नाडामा उम्मेदवारले मतदाता प्रतिनिधिलाई राम्रै रकम खर्च गरेर तारे होटेलमा राखेको बताइन्छ । 
 

ad
ad