मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सभापतिमा उम्मेदवारी दिएका न्यौपाने भन्छन्- चर्चाका लागि उम्मेदवारी दिएको होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार १५:१७:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। ४० वर्षीय न्यौपाने गोर्खा क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छन्।

नेपाली कांग्रेसमा २० वर्षदेखि क्रियाशील रहँदै आएको र पार्टीको विधानले दिएको अधिकारअनुरुप आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए। उनले नयाँ पत्रिकासँग भने, ‘मैले चर्चा बटुल्न उम्मेदवारी दिएको होइन। यो गम्भीर विषय हो। कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिनेको चर्चा हुनु स्वाभाविक होला। तर, चर्चासँग जोडिनु छैन मलाई।’

लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शका खातिर उम्मेदवारी दिएको बताउने न्यौपानेले आफू संस्थापन वा संस्थापनइतर कुनै पक्षमा पनि नलागेको बताए। कांग्रेसको नेतृत्वलाई गतिशील बनाएर नेपाली जनताको हितमा काम गर्ने उनले बताए। अहिलेसम्म सभापतिमा कल्याण गुरुङ र न्यौपाने गरी दुईजनाको उम्मेदवारी दर्ता भएको छ निर्वाचन समितिले जनाएको छ।