१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस एयरहोस्टेसको छनोट चरण सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३१:oo

 विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले मिस एयर होस्टेस–२०२१ को पाँचौँ संस्करणको छनोट चरण सम्पन्न गरेको छ । उपत्यकासहित मोफसलका विभिन्न एयरहोस्टेस तालिम केन्द्रका प्रशिक्षार्थी र तालिम सकेर जागिरको खोजीमा रहेका ४५ जना युवतीले प्रतियोगितामा आवेदन दिएका थिए । 

उनीहरूलाई प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य, एयरहोस्टेस तालिम प्रशिक्षक गौरीकला थापा, हिमालयन एयरलाइन्सका सिनियर इन्जिनियर रन्जित जैसवाल र सेमन्त श्रेष्ठको टोलीले चयन गरेको छ । पहिलो चरणबाट छानिएका प्रतियोगीलाई २२ मंसिरदेखि राष्ट्रिय नाचघर जमलमा तालिम दिने आयोजकले जनाएको छ । प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गर्नेछन् । 

तालिममा शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीका लागि अवसरका साथै आन्तरिक क्षमता उजागरलगायत क्षमता विकाससम्बन्धी ज्ञान प्राप्त गर्ने आयोजक सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पुसको पहिलो साता हुनेछ । प्रतियोगिताका विजेताले ‘मिस एयर होस्टेस–२०२१’ कोे ताज उपाधिसहित विमान परिचारिका बन्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ । 

ad
ad