१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भाषणमै सीमित फायर फाइटर हेलिकोप्टर किन्ने योजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:oo:oo

आगलागी र डढेलो नियन्त्रणका लागि फायर फाइटर हेलिकोप्टर किन्ने सरकारी योजना भाषणमै सीमित बनेको छ । ०७७ मा देशभर आगलागी र डढेलो बढेपछि वन तथा वातावरण मन्त्रालयले दुईवटा फायर फाइटर हेलिकोप्टर किन्न अर्थ मन्त्रालयसँग दुई अर्ब माग गरेको थियो । त्यतिखेर परराष्ट्र मन्त्रालयले समेत कुन देशबाट ल्याउन सहज हुन्छ भनेर चासो पनि व्यक्त गरेको थियो ।

फायर फाइटर नेपाली सेनालाई हस्तान्तरण गर्ने र डढेलो लागेकै स्थानमा आकाशबाट पानी बर्साएर÷ग्यासको सहयोगले आगो निभाउने योजना थियो । तर, डढेलो घटेसँगै सरकार तीन वर्ष चुप बस्यो । फायर फाइटर प्लेन वा हेलिकोप्टरले कम जनशक्तिको प्रयोगमा फराकिलो क्षेत्रमा लागेको डढेलो निभाउन सक्छ । पानीले आगो निभाउने र अन्य ग्यासको सहयोगले आगो निभाउने प्रविधि जडान भएका हुन्छन् ।

यसपटक फेरि देशभर आगलागी र डढेलो बढेपछि फेरि फायर फाइटर हेलिकोप्टरको विषय उठेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा गृहसचिव एकनारायण अर्यालले अरू देशहरूमा डढेलो नियन्त्रणका लागि हेलिकोप्टरबाट आगो निभाउने प्रचलन रहे पनि  स्रोत अभावका कारण नेपालमा नरहेको बताए । ‘यसका लागि मन्त्रीज्यूले क्याबिनेटमा कुरा पनि गरिसक्नुभएको छ । स्रोतको सीमितता, बुझाइको कमी, तीन तहबीच स्रोत बाँडफाँट (कुन तहले कहाँ खर्च गर्ने अस्पष्टता)मा एकरूपता नहुँदा पनि विपत् व्यवस्थापनमा काम गर्न गाह्रो भएको छ,’ उनले भने ।

ad
ad