१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्ने निवर्तमान अध्यक्ष कमल थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण रहेको बताएका छन्। पार्टी कार्यालय धुम्बाराहीमा सोमबार पदभारपछि पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए।

‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन। मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ लिङ्देनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुन सक्छ। त्यसमा भन्नु केही छैन। तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो। यो दुभाग्यपूर्ण छ।’

अध्यक्ष लिङ्देनले ज्योतिषीहरूको सल्लाहमा सोमबार बिहान ११ बजेर ५४ बजेको शुभसाइतमा पदभार ग्रहण गरेका थिए। लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनी तथा निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए। पार्टी कार्यालय धुम्बाराहीमा थापाले अध्यक्षका रूपमा प्रयोग गरेको कार्यकक्ष उनले प्रयोग गरेनन्। थापालाई कार्यालय आउन कार्यकक्ष सुरक्षित राखिदिएको उनको तर्क थियो। कार्यकर्तालाई सम्बोधन गर्दै लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै विसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।