Skip This
कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:५१:oo

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन: मतदान हुने

कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोहाेर्‍याएर पुन: मतदान प्रक्रिया अघि बढ्ने भएको छ । कांग्रेसको विधानअनुसार सभपतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएमा कुनै एकले ५१ प्रतिशत मत ल्याए मात्र विजयी हुने प्रावधान छ ।

शनिबार राती भएको मतदानबाट सभापतिका उम्मेदवारहरु इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि आज आइतबार बिहान ११:३० बजेबाट पुनः मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ । 

आज बिहानको मत परिणामअनुसार तीन जना उम्मेदवारमध्ये बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाए । बानियाँले ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भए । तर ५१ प्रतिशत नपुग्दा उनी पुनः निर्वाचनमा सहभागी हुनुपर्ने भएको छ ।

तेस्रो हुने प्रधान निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । दोस्रो मतदान प्रक्रियामा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन समितिका अनुसार कुल २ हजार १ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । संस्थापन पक्षबाट बानियाँ, संस्थापन इत्तरबाट केसी र कृष्ण सिटौला पक्षबाट प्रधान चुनावी मैदानमा थिए । 
 

ad
ad