Skip This
चौधरी र थापा प्यानलसहित नाडाको चुनावमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चौधरी र थापा प्यानलसहित नाडाको चुनावमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:४८:oo

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी कार्यसमितिका लागि हुने चुनावमा करण चौधरी र ध्रुव थापा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका दुवै प्रत्याशीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी आ–आफ्नो प्यानल घोषणा गरेका हुन् । मंसिर २२ र २३ गते काठमाडौंमा हुन लागेको नाडाको ४५औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै छ ।

अध्यक्षका प्रत्याशी चौधरी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् भने थापा पूर्वउपाध्यक्ष हुन् । दुवै प्यानलले सम्पूर्ण अटो क्षेत्रको प्रतिनिधित्व गर्ने गरी टिम बनाएको दाबी गरेका छन् । आफ्नो टिममा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवापुस्तासम्म समेटिएको चौधरीले बताए । अध्यक्षका अर्का प्रत्याशी थापाले आफ्नो टिममा सबल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यवसायीहरू समेटिएको बताएका छन् । साधारणसभाले एक अध्यक्ष र १७ सदस्य चयन गर्नेछ । नाडाको विधानअनुसार निर्वाचित सदस्यबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । संस्थामा तीन हजार एक सय ९० मतदाता सदस्य रहेको जनाइएको छ ।
 
चौधरीको टिम

चौधरीले आफ्नो प्यानलमा चारपांग्रे, दुईपांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभी इक्युपमेन्टलगायत सबै क्षेत्रलाई समेटेर टिम बनाएको बताएका छन् । उनको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, नीलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनील रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई  रहेका छन् ।

थापाको टिम

आफ्नो प्यानलमा महिला व्यवसायीलाई पनि समेटेर समावेशी बनाएको थापाले बताएका छन् । उनको प्यानलमा यमुना श्रेष्ठ, आकाश गोल्छा, अमरज्योति रञ्जित, बिएन पाठक, दीपककुमार अग्रवाल, दीपेन्द्रकुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्दी कार्की, सगुन बिएस कंसाकार, सञ्जयकुमार खेतान र शुभाशिष थपलिया रहेका छन् ।

थापाले आफ्नो कार्यकालमा प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण बनाउन पहल गर्ने, विज्ञ टोली गठन गर्ने, आफ्नै भवन निर्माणको पहल गर्ने, नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो सो कार्यविधि, प्याटेन्ट दर्ता र डेटा हब निर्माण प्राथमिकतामा रहेको बताएका छन् । उनले भने, ‘हामीले सबै प्रदेशका साथीहरूसँग छलफल गरेका छौँ, छलफलमा उठेका समस्याहरूलाई सम्बोधन गर्न हामी प्रतिबद्ध छौँ ।’ सदस्यका उम्मदेवारद्वय कपिल सिवाकोटी र दीपक अग्रवालले पनि अटोमोबिल व्यवसायीका समस्याहरू समाधानका लागि पहल गर्दै नाडालाई उचाइमा पु¥याउन आफ्नो टिम सक्षम रहेको बताए ।

ad
ad