१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : मतदान सकियो, दुई घन्टामा परिणाम आउने!

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

नेकपा एमालेको जारी दशाैँ महाधिवेशनअन्तर्गत मतदान सकिएको छ। राति २ बजेपछि सुरु हुने भनिएको मतदान बिहान करिब ४ बजे मात्र सुरु भएको थियो। अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरुवातमा मतदान गरेका थिए।

दुई हजार एक सय ५३ प्रतिनिधिमध्ये कतिले मतदान गरे भन्ने तथ्यांक केही समयमा आउने निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए। केही प्रतिनिधि मतदान सुरु हुनुपूर्व नै फर्किसकेकाले कतिजनाले मतदान गरे भन्ने यकिन गर्न समय लाग्ने बताइएको छ।

अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा भइरहँदा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा उम्मेदवारी दिएका नौजनामध्येबाट सातजना निर्वाचित हुनेछन् भने सात क्लस्टरका केन्द्रीय सदस्यहरू चयन हुनेछन्। मतगणना सुरु भएको करिब दुई घन्टामा मतपरिणाम आउने नेता योगेश भट्टराईको दाबी छ। यद्यपि, महाधिवेशनका प्रायः सबै प्रक्रियाहरू ढिला गरी सुरु भएकाले तोकिएकै समयमा परिणाम आउनेमा प्रतिनिधिहरू नै विश्वस्त छैनन्।