१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०५:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : ढिलागरी मतदान सुरु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०५:४९:००

एमालेको दशौँ महाधिवेशनको निर्वाचनका लागि ढिलागरी बिहान ४ बजेदेखि मात्रै मतदान सुरु भएको छ। मतदान राति २ बजेपछि सुरु हुने भनिए पनि ढिलागरी मतदान भएको हो।

निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची १० बजे नै प्रकाशन गरेको थियो। राति २ बजे मतदानको तयारीका साथ अन्तिम नामावली विद्युतीय भोटिङ मेसिन (इभिएम)को प्रणालीमा अपडेट गरिएको थियो। 

अध्यक्षका उम्मेदवार केपी ओली, भीम रालवलगायतका नेताहरूले सुरुवातमा मतदान गरेका थिए । अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सातजनाले उम्मेदवारी दिएका छन्। सचिवमा सातजनाको पदमा नौजनाको उम्मेदवारी परेको छ। सात क्लस्टरका केन्द्रीय सदस्यहरू चयनका लागि चुनाव हुनेछ।