१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस धादिङ सभापतिमा अधिकारी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o५:oo

नेपाली कांग्रेस धादिङको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन्। सभापतिका लागि देउवा पक्षका ढुंगाना र पौडेल पक्षका अधिकारीबीच मतदान भएको थियो।

कांग्रेसका दुई हजार दुई सय मतदाता रहेका धादिङमा दुई हजार एक सय ५६ मत खसेको थियो, जसमध्ये एक हजार ८२ मत ल्याएर कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानाले एक हजार ४६ मत प्राप्त गरेका छन्।

ढुंगानालाई पूर्वकानुनमन्त्री दिलमान पाख्रिन र नेता तिलक रुवालीको सहयोग रहेको थियो। विजयी अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य वासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए।

त्यसैगरी, उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन्। सचिवमा विकास श्रेष्ठ, रामकृष्ण पाण्डे र सहसचिवमा नवराज तिमिल्सिना विजय भएका छन्। तर, एउटा सहसचिव पदमा अधिकारी पक्षका क्रान्ति डल्लाकोटी र ढुंगाना पक्षबाट विजयकुमार तामाङले बराबर नाै सय ९५ मत ल्याएका छन्। उनीहले दुई–दुई वर्ष कार्यकालका लागि सहमति गरेका छन्। ढुंगाना र पौडेलले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। सहसचिवमा बराबरीबाहेक अधिकारीको प्यानल नै विजयी भएका हुन्।

ad
ad