१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:१७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सौराहाका कोठा भरिए तर, बढेन पर्यटकीय गतिविधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१७:oo

माहुते वीरेन्द्र चौधरीलाई सौराहामा मानिसको भिड देख्दा हात्ती चढेर जंगल सफारी गर्नेको संख्या भ्याइनभ्याई हुन्छ भन्ने लागेको थियो । तर, बाघमारा मध्यवर्ती सामुदायिक वनमा पहुनाको सत्कारका लागि पर्खेर बसेका माहुते चौधरी फुसर्दिला देखिन्थे । उनले भने, ‘पहिला बरु दैनिक चार–पाँचपटकसम्म सफारीमा गएको थिएँ, तर अहिले मुस्किलले दिनमा एकपटक पालो आएको छ । दसैँ, तिहार, नयाँ वर्षजस्ता ठूला चार्डपर्वमा हुनेजस्तै मानिसको भिड सौराहामा छ । तर, किन हो, हात्ती सयर गर्न आउनुभएको छैन ।’ सामुदायिक वनमा डुंगा सयर गराउने झरिया माझीको अवस्था पनि उस्तै छ ।  

पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी र डुंगा सयर गरिन्छ । एमाले महाधिवेशनमा देशभरका मानिसहरू जम्मा हुँदा पनि अपेक्षाभन्दा निकै थोरै मानिसले मात्र हात्ती र डुंगा सयर गरेको सामुदायिक वनका अध्यक्ष जितु तमाङले बताए । उनका अनुसार महाधिवेशन अवधिको तीन दिनमा करिब दुई सयजनाले हात्ती र दुई सय ५० जनाले डुंगा चढेका छन् । यो महाधिवेशनअघिको संख्याभन्दा निकै कम हो । जिप सफारी गर्नेको संख्या भने बढेको छ । गएको तीन दिनमा कुमरोज सामुदायिक वनमा एक सय ८६ वटा जिपमार्फत जंगल सफारी भएको छ ।

 चितवनका होटेलहरू भरिभराउ भए पनि पर्यटकीय गतिविधि भने सोचेझैँ सञ्चालन नभएका हुन् । कोरोना कहरका कारण थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकमार्फत लयमा फर्काउने कोसिसमा रहेका व्यवसायीहरूका सबै होटेलहरू फुल छन् । तर, हात्ती, डुंगा र जिप चढेर जंगल घुम्ने, जंगल वाक गर्ने, राप्ती नदीमा डुंगा सयर गर्ने र संस्कृतिक प्रस्तुति हेर्ने पाहुना भने निकै कम छन् ।

‘होटेल खोज्दै आउनेहरूलाई सेवा दिन नसक्ने भएर फर्कायौँ,’ सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारी भने, ‘पर्यटकीय गतिविधिमा पनि यस्तै चाप हुन्छ होला भन्ने सोचेका थियौँ, तर भएन ।’ अधिवेशनपछि आगन्तुक सबैले वाइल्ड लाइफ टुरिजमको मज्जा लिनेमा उनी विश्वस्त छन् । आउने पाहुनामार्फत पर्यटकीय गतिविधि चलायमान गराइदिँदा कोभिडपछि सौराहाका बारेमा सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।