१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Friday, 04 July, 2025
दीपक अधिकारी काठमाडौं
२o७८ मङ्सिर १२ आइतबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाम्खामा खाद्यान्न ढुवानीका लागि सेनाले पठायो हेलिकोप्टर

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार १७:११:oo

हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमी क्षेत्रमा खाद्यान्न ढुवानीका लागि नेपाली सेनाले हेलिकोप्टर पठाएको छ। आइतबार दिउँसो नेपाली सेनाको एमआई– १७ हेलिकोप्टर त्यसतर्फ लागेको हो।

गृह मन्त्रालको अनुरोधपछि हेलिकोप्टर पठाइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। उनका अनुसार उक्त हेलिकोप्टर आज बिहान सुर्खेत हुँदै हुम्ला सदरमुकाम सिमकोट पुगेको हो। मौसम प्रतिकूल रहेकोले आज ढुवानी गर्न नसकिएको प्रवक्ता पौडेलले बताए। सोमबार बिहानदेखि उक्त हेलिकोप्टरले खाद्यान्न ढुवानी थाल्नेछ। लिमी र खाद्यान्न अभाव भएका अन्य विकट क्षेत्रमा खाद्यान्न ढुवानी गरेर हेलिकोप्टर फर्किने नेपाली सेनाले जनाएको छ।
 
लिमी क्षेत्रमा खाद्यान्न समस्या परेपछि गत सोमबार नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र संघीय सांसद छक्कबहादुर लामा हेलिकोप्टर उपलब्ध गराइदिन अनुरोध गर्न काठमाडौं आएका थिए। उनीहरुले सदरमुकाम सिमिकोटमा पनि खाद्यान्न लैजान माग गरेका थिए। सरकारले शनिबारदेखि नै अन्य ठाउँबाट सिमिकोट क्षेत्रमा खाद्यान्न पुर्‍याउन सुरु गरेको छ। सबैजसो ठाउँमा खाद्यान्न पुर्‍याइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।