१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १० शुक्रबार १५:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘कठपुतली’ पुस १५ देखि हलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १५:१६:oo

तिहारयता नेपाली फिल्मले धमाधम प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। यस्तै हरर फिल्म ‘कठपुतली’ले पनि आउँदो पुस १५ गते प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण  टिमले अंग्रेजी नयाँ र तमु ल्होसारको छेको पारेर  प्रदर्शन मिति घोषणा गरेको हो। भीमसेन लामाले निर्देशन गरेको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्।

यसअघि ‘कठपुतली’ले अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा दुईवटा अवार्ड जितेको छ। ‘कठपुतली’मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ। पृथ्वी रानामगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। फिल्मको पोस्ट प्रोडक्सनको सबै काम लन्डनको स्टुडियोमा भएको हो।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा निकै पृथक रहेको निर्देशक लामाको दाबी छ। यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको उनले बताए। यो फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्मअन्तर्गत ‘वेस्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन्।