१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Monday, 07 July, 2025
२o७८ मङ्सिर ९ बिहीबार १३:२o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’लाई प्रदर्शनको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १३:२o:oo

हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ। देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूले अभिभावकका साथ बसेर हेर्न मिल्ने गरी प्रमाणपत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए। द पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए।

त्यति मात्र नभई एक ब्राह्मण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारको नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई चलचित्रमा उतारीएको उनको भनाइ छ।

चलचित्रमा निर्देशन तथा छायांकन देवजंग थापाको रहेको छ भने शेखर लामा र आर.पी. कर्मचार्यको लगानी रहेको छ। कथा भने लक्ष्मण सुनारले लेखेका हुन्।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतका कलाकारहरूको अभिनय रहेको छ।

करिब चार वर्षको अध्ययनपछि निर्माण गरिएको उक्त चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सो चलचित्र प्रदर्शन गरिने बताइएको छ।