१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर ८ बुधबार २१:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लोकदोहोरी गायक राजु परियार सम्मानित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार २१:१५:००

नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ । बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमका बीच परियारलाई सम्मान गरिएको हो । 

दरबार हाताभित्र पुननिर्माण गरिएको शिवमन्दिर र हनुमानको मूर्ति प्रतिस्थापन कार्यक्रमको अवसरमा परियारलाई लमजुङ गाउँसहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो । लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँसहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र थापाले परियारलाई सम्मान गरेका हुन् । गायक राजु परियारसँगै उपकुलपति डा. जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख डा.बमबहादुर अधिकारी र गाउँसहरका जेष्ठ नागरिक  १ सय ४ वर्षका रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्वएआइजी एवं लमजुङ गाउँसहर समाजका सदस्य रोहित थापाले बताए । उनका अनुसार कार्यक्रममा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थिति रहेको थियो । 

साबिकको गाउँसहर– ९ हाल बेँसीसहर– २ चिसापानीमा जन्मिएका परियारले दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिइसकेका छन् । उनले आवाज दिएका अधिकांश गीत तथा लाइभ दोहोरीहरू चर्चामा रहेका छन् ।