मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १८:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन भए म उपाध्यक्षको उम्मेदवार : किरण गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार १८:४७:००

एमाले स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश कमिटीका ईन्चार्ज किरण गुरुङले दशौँ महाधिवेशनमा पदाधिकारीमा निर्वाचन भए उपाध्यक्षमा उम्मेदवारी  दिने सोच बनाएको बताएका छन् । नवौँ महाधिवेशनमा पनि उपाध्यक्षको उम्मेदवार रहेका गुरुङले अहिले सहमतिकै प्रयास चलिरहेको र आफू पनि त्यही पक्षमा रहेकाले उम्मेदवारी दिने अन्तिम टुंगोमा भने पुगिनसकेको बताए । 

‘हामी सबै सहमतिकै पक्षमा छौँ र सहमतिको प्रयास पनि चलिरहेको छ, सहमति भएन भने चुनावी प्रतिस्पर्धाको विधि पनि अवलम्बन गर्नैपर्ने हुन्छ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘चुनावी प्रतिस्पर्धा भए म उपाध्यक्षकै आकांक्षी हुँ, साथीहरूसँग सल्लाह गर्दा चुनावी प्रतिस्पर्धाका लागि सचिवमा दिनुस् भन्ने सुझाब आयो भने पनि त्यसैमा मेरो उम्मेदवारी हुन्छ, तर म व्यक्तिगत रूपमा सहमति नै होस् भन्ने पक्षमा छु ।’
 
उनले केन्द्रीय कमिटीमा आकांक्षीको संख्या अधिक रहेकाले चुनावी प्रतिस्पर्धाको सम्भावना प्रवल देखिएको बताए । ‘सहमति भए पनि, चुनावी प्रतिस्पर्धा भए पनि मुख्य कुरा अहिलेको चुनौती सामना गर्ने गरी पार्टी एकताबद्ध हुनुपर्छ, पार्टीलाई एकताबद्ध बनाउन प्रतिस्पर्धालाई पनि सहमति गरेरै व्यवस्थित बनाउन सकिन्छ ।’ गुरुङले भने ।