मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Saturday, 12 July, 2025
करण ताम्राकार डडेल्धुरा
२o७८ मङ्सिर ६ सोमबार ११:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस जिल्ला अधिवेशन आज

Read Time : > 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार ११:३३:oo

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पार्टीको १४औँ महाधिवेशनअन्तर्गत ७औँ जिल्ला अधिवेशन सोमबार सुरु भएको छ।  पार्टीको केन्द्रीय तालिकाअनुसार एक मात्र संघीय निर्वाचन क्षेत्र रहेका जिल्लाहरूमा आज अधिवेशन गरिने भएकाले डडेल्धुरामा पनि अधिवेशन गर्न लागिएकाे हाे। 

सोमबार बिहान ८ः३० मा बागबजारदेखि जिल्ला समन्वय  समितिको प्रांगणमा बडालको चलोलगायत स्थानीय कला संस्कृति झल्कने वेशभूषा र बाजागाजाका साथ अधिवेशन सुरु भएको महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेशराज जोशीले बताए। सकभर सहमति जुट्यो भने सोमबार नै अधिवेशनको समापन गरिने गरी गृहकार्य भइरहेको उनले बताए। सहमति र निर्वाचन के हुन्छ अहिले भन्न नसकिने  नेपाली कांग्रेस सुदूरपश्चिम प्रमुख सचेतक गोविन्दराज बोहराले बताए। 

वडा, पालिका हुँदै प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको कांग्रेस डडेल्धुराले ५२ मध्ये ५१ वडामा अधिवेशन सम्पन्न गरी सातवटै पालिका र दुईवटा प्रदेश क्षेत्रमा पनि अधिवेशन सम्पन्न गरिसकेको छ। 
सोमबार जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनाेट गरिनेछन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा कांग्रेस नेतृ आरजु राणा देउवाले पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिका रूपमा भाग लिएका छन्। 

जिल्ला कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई, सहसचिव दुई गरी सात पदका लागि प्रतिस्पर्धा हुनेछ। सदस्य पदका लागि  पालिकाहरूको हकमा नगरपालिकाबाट दुई पुरुष र एक महिला, गाउँपालिकाबाट एक महिला र एक पुरुष गरी कुल १६ जना हुनेछन् । १६ को दुईतिहाइ संख्या समावेशी हुनेछ। जुन १२ जना हुनेछन्। अपांग, अल्पसंख्यकबाट छुट्टै प्रतिनिधित्व गरी ३५ जनाको जिल्ला कार्यसमिति हुनेछ।

डडेल्धुराबाट जिल्ला सभापति पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहेसँगै २६ जना महाधिवेसन प्रतिनिधिका रूपमा रहनेछन्। केन्द्रीय पार्टी सभापति देउवा तथा नेतृ आरजु राणा देउवाको सिट सुरक्षित राखी  बाँकी पदहरूमा सहमति वा निर्वाचन के हुन्छ त्यसअनुसार जाने नेताहरूले बताएका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा खुलातर्फ १०  पुरुष र चार महिला, समावेशीतर्फ चार पुरुष, खस–आर्यतर्फ तीन महिला, दलिततर्फ एक महिला, एक पुरुष एक जनजाति र एकजना अल्पसंख्यक अपांगता भएका गरी २६ जना महाधिवेशन प्रतिनिधिका रूपमा रहनेछन्।

नेपाली कांग्रेस डडेल्धुराको कार्यसमितिअन्तर्गत सभापति पदका लागि भीमबहादुर साउद र चूडामणि पनेरूले उम्मेदवारी दिएका छन्।