१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ प्रक्रियामै गल्ती : अधिवक्ता लुइँटेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:३८:oo

सर्वोच्च अदालत बारका सदस्य एवं अधिवक्ता अनन्तराज लुइँटेलले न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ प्रक्रियामा नै गल्ती भएको बताएका छन्। नेपाल बार एसोसिएसनको धर्नापछि आयोजित विरोधसभामा बोल्दै अधिवक्ता लुइँटेलले यस्तो बताएका हुन्। लुइँटेलले  संसदीय सुनुवाइ प्रक्रियामा कमजोरी रहेको उल्लेख गर्दै न्यायाधीश नियुक्तिको प्रावधान नै संशोधन गर्नुपर्ने धारणा राखे।

यसैगरी, वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नांगिइसकेको टिप्पणी गरिन्। ‘कतिपय भ्रष्टाचारका मुद्दामा प्रधानन्यायाधीश ठोकिनुभएको छ। प्रधानन्यायाधीश नांगिसक्नुभएको छ,’ उनले भनिन्, ‘कुरुक्षेत्रको युद्ध १८ दिनमा सकिएको थियो, हाम्रो आन्दोलन कति दिन जाने हो !’

अर्का वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपानेले जबराको स्वेच्छाचारिताले हद नाघेको भन्दै राजीनामा नदिएर विज्ञप्तिमार्फत अर्को पासो थापेको बताए। उनले भने, ‘उहाँ अझै पनि बस्छु, कजलिस्ट तोक्छु भन्नुहुन्छ भने बर्खास्त गर्नुपर्ने दिन आउँछ। उहाँको स्वेच्छाचारिताले हद नाघ्यो । उहाँले राजीनामा नदिएर विज्ञप्तिमार्फत अर्को पासो थाप्नुभएको छ।’

ad
ad