१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजीनामा नदिए महाभियोग नै अन्तिम विकल्प : टोपबहादुर सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२८:oo

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने धारणा राखेका छन्। सोमबार अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै उनले राजीनामा नदिने अवस्थामा महाभियोग नै अन्तिम विकल्प रहेको बताए।

लामो समयपछि प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा न्यायाधीशहरूलाई सम्बोधन नगरेकोमा पनि उनले आपत्ति जनाए। ‘उहाँले राजीनामा नदिने अवस्थामा महाअभियोग नै अन्तिम विकल्प हो। उहाँले न्यायको आचरणविपरीतका गतिविधि गर्नुभएको छ। अहिले उहाँमाथि लागेका आरोपहरू नै स्वयंसिद्ध प्रमाण हुन्। यसमा राजनीतिक दलहरूले पनि सोच्नुपर्छ,’ उनले भने, ‘यत्रो समयपछि आएको विज्ञप्तिमा सहकर्मी न्यायाधीशहरूको बारेमा केही उल्लेख नगरी जारी गएको छ। बारले पनि यसअघिका सहमतिको मर्मविपरीत भएको भनिसकेको छ।’

जबरालाई राजनीतिक संरक्षण रहेको सोझै भन्न नसके पनि उनका हाउभाउले शंका गर्ने ठाउँ भएको फोरमका अध्यक्ष सिंहले बताए। ‘हामीले राजनीतिक दलहरूलाई यो गर ऊ गर भन्न सक्दैनौँ। उहाँहरूले सोच्नुपर्छ। प्रधानन्यायाधीशलाई राजनीतिक संरक्षण छ भनेर सोझै भन्न सकिँदैन। तर, उहाँको हाउभाउले छ कि भन्ने शंका गर्ने ठाउँ दिएको छ। हामी व्यक्तिको पछाडि लागेका छैनौँ। संस्थाको मर्यादा जोगाउन बाध्य भएर आउनुपरेको हो,’ सिंहले बताए।