१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार १२:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री र आइजिपीलाई अदालतभित्र प्रहरी नपठाउन वरिष्ठ अधिवक्ता संग्रौलाको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार १२:५८:००

वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अदालतभित्र प्रहरी नपठाउन गृहमन्त्री र नेपाल प्रहरीका आइजिपीलाई चेतावनी दिएका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतमा भएको प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता संग्रौलाले गृहमन्त्री  र आइजिपीलाई अदालतभित्र प्रहरी नपठाउन चेतावनी दिएका हुन्।

गृहमन्त्री र आइजिपीप्रति लक्षित गर्दै उनले भने, ‘अदालतभित्र प्रहरी नपठाउनुस्। पदको मर्यादा राख्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने आउनुस्। अहिले आउनुस्। म तपाईंको पक्षमा उभिन्छु। यो आन्दोलन होइन, न्यायको संरक्षण हो।’ 

सर्वोच्च अदालतमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित नेपाल बार आन्दोलनमा छ। प्रधानन्यायाधीश जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका छन्। तर, आन्दोलनरत पक्षले जबरासँग वार्तामा नबस्ने प्रतिक्रिया दिएको छ।