१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १२:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘भल्गर सो’ नदेखाउन प्रधानन्यायाधीशलाई वरिष्ठ अधिवक्ता कार्कीको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:४२:oo

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित आइतबार पनि सर्वोच्च अदालतको परिसरमा नेपाल बारले प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले प्रधानन्यायाधीश जबरालाई ‘भल्गर सो’ नदेखाउन चेतावनी दिएका छन्। 

‘बारको आन्दोलन व्यक्ति मात्रैको आन्दोलन होइन। अदालतलाई घेराबन्दीमा राख्दा सरकारको साख कसरी जोगिन्छ? यस्तो भल्गर सो धेरै देखाउनु हुँदैन’, वरिष्ठ अधिवक्ता कार्काीले भने, ‘सायद यसपछि भन्नुपर्ने हुनसक्छ – डन्ट टच चेयर। कुर्सी पनि तपाईंले छुन योग्य छैन। यो आवाज र कार्यक्रमलाई बेवास्ता नगर्नुहोस्। प्रधानन्यायाधीशको राजिनामाका लागि जनमत नै पर्याप्त भईसकेको उनको भनाइ छ। उनले भने, ‘प्रधानन्यायाधीशको राजिनामाका लागि जनमत नै पर्याप्त भईसक्यो। सुन्न चाहेका र सुन्न बाध्य पारिएका बाहेकका मुद्दा नहेरेर अपराध गरे।’ 

ad
ad