Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार ०८:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुकुरी रमको नयाँ प्याकेजिङ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार ०८:५७:००

खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कम्पनीले २० वर्षपछि लन्डनको कम्पनीमा डिजाइन गरेर उत्पादनको प्याकेजिङ परिवर्तन गरेको हो । 

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टिलरिज’ले १९५९ देखि नेपाली बजारमा गुणस्तरीय रम उत्पादन गर्दै आएको जनाएको छ । कम्पनी स्थापनाको ६२औँ वर्षमा ग्राहकको अपेक्षालाई ध्यानमा राखी प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवं वातावरणमैत्री रूपमा बजारमा उतारेको जनाइएको छ ।  

आफ्नो प्याक परिवर्तन गर्नुअघि देश–विदेशका ग्राहकहरूमाझ रिसर्चसमेत गरेको कम्पनीको भनाइ छ । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरूको प्रतिक्रिया लिइएको कम्पनीको दाबी छ । नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ । 

प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । ग्राहकले स्वादमा परिवर्तन नचाहेको निष्कर्षसहित स्वाद र गुणस्तरमा परिवर्तन नगरिएको कम्पनीको भनाइ छ । परिचित पुरानो स्वाद र आकर्षक प्याकका कारण खुकुरी रमले आफ्ना ग्राहकको मनमा अझ अटुट छाप छाड्न सफल हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । २० वर्षदेखि परिचय बनाइरहेको पुरानो प्याकको उत्पादन बन्द गरिसकेको कम्पनीले जनाएको छ । 

यो रम हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको छ । यसको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले भने, बर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरूप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने विश्वास लिएका छौँ ।’ खुकुरी रम नेपालबाट देश–विदेशमा गिफ्टका रूपमा सबैभन्दा धेरै लगिने वस्तु रहेको कम्पनीको दाबी छ ।