१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १५:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले गर्‍यो ९५ जना डिएसपीको सरुवा (विवरणसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १५:४o:oo

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। बिहीबार ९५ जना डिएसपीको सरुवा गरिएको हो। समयावधि पुगेका र आवश्यकताका आधारमा डिएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत अंगुर जिसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा गरेको छ। अख्तियारमा कार्यरत अनन्तराम शर्मा सिंहदरबार सुरक्षा गणमा सरुवा भएका छन्। 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत अनिलकुमार खड्कालाई प्रदेश नं. २ स्थित प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका अनिलकुमार घिमिरे प्रहरी वृत्त कालीमाटीमा सरुवा भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत अनुपम श्रेष्ठ र कालीमाटी वृत्तमा कार्यरत अपिलराज बोहरालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। इटहरी प्रहरी कार्यालयमा कार्यरत अर्जुन केसीलाई प्रदेश कार्यालय बनेपामा दरबन्दी तोकिएको छ।  
 
हेर्नुहोस् को कहाँ सरुवा भए :