टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
२०७८ कार्तिक २४ बुधबार १६:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष गुरुङसहित तीन वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २४ बुधबार १६:१९:००

उपल्लो डोल्पाअन्तर्गत पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्वशान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले जनप्रतिनिधिसहित दुई दर्जनभन्दा बढी युवालाई पार्टीमा स्वागत गरेका थिए। 

माओवादी केन्द्रमा प्रवेश गर्ने वडाध्यक्षहरूमा वडा नं. १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नं. २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं. ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं. ६ का कार्यबाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन्। जनप्रतिनिधिसँगै दुई दर्जनभन्दा बढी स्थानीय युवासमेत माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ। 

प्रचण्डसहितको माओवादी केन्द्रका नेताहरू सेनाको एमआई १७ हेलिकाेप्टरमा उपल्लो डोल्पा पुगेका थिए। माओवादी केन्द्रमा प्रवेश गरेका जनप्रतिनिधिहरूले ६ बुँदे मागपत्रसमेत केन्द्रीय नेतासमक्ष पेस गरेका थिए।