१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको समस्या तत्काल समाधान नभए अपूरणीय क्षति हुन्छ : डिएलए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको संस्था नेपाल डेमोक्य्राटिक लयर्स एसाेसिएएन (डिएलए) ले सर्वोच्च अदालतमा देखिएकाे समस्या तत्काल समाधान नभए अपूरणीय क्षति पुग्ने निष्कर्ष निकालेको छ। डिएलएले नाैबुँदे विज्ञप्ति जारी गर्दै न्यायालयमा भएको पछिल्लो गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी दाहाल रावलले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशबीच देखिएको विवाद, टीका–टिप्पणी र आलोचनाले न्यायपालिकाप्रतिको जनआस्था कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

डिएलएले यस्ता विषयमा तत्काल समाधान नभए न्यायिक उपचार प्रदान गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण प्रदान गर्ने दायित्वबाट न्यायपालिका विमुख हुने मात्र हाेइन लोकतन्त्र, संविधानवाद, पद्धति र प्रणालीमा अपूरणीय क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिएको छ।