१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार, बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि नहेर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:१३:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन्। न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरूको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार गरेका हुन्। जबराले चैत मसान्तपछि राजीनामा दिने प्रस्ताव गरेका थिए। 

‘उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको थियो। हामीले त्यहीअनुसार हिजो बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्‍यौँ। पहिलो कुरा त ती विकल्प हाम्रा लागि मान्य हुने खालकै थिएनन्। उहाँले अलमल्याउन मात्र तिनलाई अघि सार्नुभएको हो,’ एक न्यायाधीशले भने, ‘हिजो हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अब यिनीहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो। त्यसकारण हामी बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत नहेर्ने दु:खद निर्णय लिन बाध्य भयौँ।’
 

ad
ad