१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
खुकुरी प्रहारबाट घाइते बनेका दुर्गाबहादुरको जिल्ला अस्पताल खाँदबारीमा उपचार गर्दै । तस्बिर: नवीन गुरुङ/नयाँ पत्रिका)
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १२ शनिबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामान्य विवादमा खुकुरी प्रहार, गम्भीर घाइतेलाई उपचारका लागि विराटनगर लगियो

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १६:२६:oo

संखुवासभाको चिचिला गाउँपालिका– २ दिदिङमा सामान्य विवाद हुँदा खुकुरी प्रहार भएपछि एक गम्भीर घाइते भएका छन् । चिचिला गाउँपालिका– २ दिदिङका स्थानीय ५० वर्षीय दुर्गाबहादुर गुरुङलाई छिमेकी युवाले सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

उनका अनुसार बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए ।

जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते गुरुङको खुकुरी प्रहारबाट टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको डिएसपी सुवेदीको भनाइ छ । खुकुरी प्रहार गर्ने राई भने फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

ad
ad