Skip This
कोलकाता र हैदराबादबीच आइपिएलको उपाधि भिडन्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १२ शनिबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोलकाता र हैदराबादबीच आइपिएलको उपाधि भिडन्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १o:२४:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि भिडन्त कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच आइतबार हुने भएको छ । आइपिएलको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको उपाधि भिडन्त पक्का गरेको हो । कोलकाताले पहिलो प्ले अफमा हैदराबादलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । राजस्थानले रोयल्स च्यालेन्जर्स बेंग्लोरलाई स्तब्ध पार्दै हैदराबादसँगको दोस्रो प्ले अफमा प्रतिस्पर्धा गरेको हो । 

चेन्नईको मैदानमा शुक्रबार हैदराबादले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा राजस्थानले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । बलियो ब्याटिङ लाइनअप भएको राजस्थानलाई रोक्ने क्रममा सहबाज अहमेद र अभिषेक शर्माले घातक बलिङ गरेका थिए । अहमेदले चार ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । शर्माले चार ओभरमा २४ रन खर्चेर दुई विकेट हात पारे । 

राजस्थानको ब्याटिङमा ध्रुव जुरेलले अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आवश्यक रनरेटअनुसार ब्याटिङ गर्दै ३५ बलमा सात चौका र दुई छक्का प्रहार गरी ५६ रन जोडेका थिए । ओपनर यशस्वी जैसवालले २१ बल खेल्दै ४२ रन बनाए । उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए । कप्तान सन्जु सामसन र टोम काहलेरले समान १० रन बनाए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान रियान परागले ६ रन, रविचन्द्रन आश्विनले शून्य रन तथा सिमरोन हेटमेरले चार मात्र बनाए ।

हैदराबादको कमजोर ब्याटिङ
यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादले अनपेक्षित ब्याटिङ प्रदर्शन गरेको थियो । लिग चरणमा उत्कृष्ट ब्याटिङ गरेको हैदराबादका ब्याट्सम्यान प्ले अफमा कमजोर देखिए । दोस्रो प्ले अफमा हैदराबादका लागि हेन्रिक क्लासेनले मात्र अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३४ बलमा चार छक्काको सहयोगमा ५० रनको अर्धशतकीय योगदान दिए । 

हैदराबादले राजस्थानविरुद्ध ओपनिङ बलियो बनाउन सकेन । ओपनर ट्रेभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि ०.६ ओभरमा १३ रनको साझेदारी गरेका थिए । अभिषेकले पाँच बलमा समान एक चौका र छक्का प्रहार गरी १२ रन बनाए । टे«भिस र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । राहुलले १५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ३७ रन जोडे । ओपनर हेडले २८ बल सामना गरी तीन चौका र एक छक्का प्रहार गरी ३४ रनको योगदान दिए । राजस्थानका लागि टे«न्ट बोल्टले चार ओभरमा ४५ रन खर्चेर तीन विकेट लिए । 

ad
ad
ad
ad