Skip This
‘खेलकुद पत्रकारिता अनुसन्धानात्मक हुनुपर्छ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘खेलकुद पत्रकारिता अनुसन्धानात्मक हुनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १o:o६:oo

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिता शोध तथा अनुसन्धानात्मक हुनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको १९औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै घिसिङले खेलकुद विकासको मुख्य पाटो रहेको बताउनुहुंँदै पत्रकारहरूले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताए । ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेल जगत्लाई दीर्घकालीन प्रभाव पार्न सक्ने पक्षमा ध्यान दिनु जरुरी छ,’ उनले भने । 

नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले खेलकुदमा नयाँ खेलाडी उत्पादन हुनु जरुरी रहेको बताउँदै एकैजना खेलाडीले लामो समय कब्जा जमाउँदा खेल विकास नहुनुको सूचक रहेको जनाए । 

नेपाल पौडी संघका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले खेलकुद पत्रकार मञ्च प्रजातान्त्रिक ढंगबाट चलेको र खेलकुद संघले पनि यसको सिको गर्नुपर्ने बताए । ‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकिरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ,’ उनले भने, ‘नेपालका थुप्रै खेल संघहरूले वार्षिक रूपमा साधारणसभा गर्दै आए पनि थुप्रै खेल संघहरूले आफ्नो संघलाई संस्थागत रूपमा काम गरिरहेका छैनन् ।’ मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एआइपिएस एसियाको कंग्रेस नेपालमा हुने बताए । 

ad
ad
ad
ad