Skip This
सहकारीपीडित फेरि सडकमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १२ शनिबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सहकारीपीडित फेरि सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार ११:१७:oo

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारीपीडित फेरि सडकमा आएका छन् । उनीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा आन्दोलन सुरु भएको हो ।

महासंघका अध्यक्ष कुशलव केसीका अनुसार पीडितको समस्या समाधानमा सरकार गम्भीर नभएकाले देशैभरिबाट तेस्रो चरणको आन्दोलन सुरु गरिएको हो । महासंघले माइतीघरमा धर्ना र रिले अनशन सुरु गर्ने तयारी गरेको छ ।

सहकारीपीडितसँग सरकारले दुईपटक सहमति गरे पनि कार्यान्वयन नगरेको पीडितको गुनासो छ । गत वर्ष १८ साउनमा सरकारसँग सातबुँदे सहमति गरेपछि पीडितले आन्दोलन रोकेका थिए ।

पीडितको बचत फिर्ता गर्न कोष बनाउने, कर्जा असुलीलाई प्रभावकारी बनाउनेलगायतका सहमति भएका थिए । सरकारले केही सहकारी सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाए पनि पीडितले वर्षाैँसम्म आफ्नो रकम फिर्ता पाएका छैनन् । कतिपय सहकारीको ठगीमा अनुसन्धानमै ढिलाइ भएको छ ।

ad
ad
ad
ad