Skip This
लगातार घाटामा गएपछि अन्डाको लागत मूल्यको खोजी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १२ शनिबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लगातार घाटामा गएपछि अन्डाको लागत मूल्यको खोजी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार ११:o८:oo

चितवन पछिल्ला वर्षहरूमा कुखुरापालक किसानले अन्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञसमूह बनाएर अन्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अन्डा बिक्री गर्नुपरेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।

नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा. रेवन्त भट्टराई, डा. सुवीर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा. विष्णु पोखरेल समूहले अन्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो।

मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अन्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञसमूहले निकालेको छ। हाल फार्म मूल्य किसानले सरदर रु. १५ दशमलव ३३ पाउने गरेका छन्। अहिले पाएको मूल्य हालसम्मकै बढी हो। एक वर्ष ६ महिनाअघि प्रतिगोटा रु. आठमा समेत बिक्री गर्न किसान बाध्य थिए।
 
मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए। उनका अनुसार उद्योग वाणिज्य संघ, उद्योग संघ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो।
 
डा. अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अन्डाको उत्पादन आधा घटेको छ। 

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अन्डा उत्पादन भएको अनुमान गरिन्छ। हाल दैनिक २८ लाख मात्रै अन्डा उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो। पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनुपरेको बताए।  टिकेकाहरूले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनकाे भनाइ छ।
 

ad
ad
ad
ad