Skip This
घिमिरे बने राष्ट्रिय टोलीका सहायक प्रशिक्षक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १२ शनिबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

घिमिरे बने राष्ट्रिय टोलीका सहायक प्रशिक्षक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १o:१३:oo

एएफसीको ‘ए’ लाइसेन्स प्राप्त घिमिरेसँग राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले चेतन घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले शुक्रबार नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षकमा कार्यरत रहेका घिमिरेलाई पहिलोपटक सिनियर पुरुष टोलीको सहायक जिम्मेवारी दिएको हो । ‘ए’ लाइसेन्स प्राप्त घिमिरेसँग राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । उनकैै प्रशिक्षणमा पुलिसले गत सिजनका सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन टारेको थियो । लिगमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले तेस्रो स्थान रक्षा गरेको थियो । ‘एन्फाले नयाँ जिम्मेवारी दिएको छ । आफूमाथि थप जिम्मेवारी आएको महसुस गरेको छु,’ उनले भने । 

एन्फाले गोलरक्षक प्रशिक्षकमा मनीष तिमल्सिनालाई जिम्मेवारी सुम्पिएको छ । घिमिरे र तिमल्सिनालाई एन्फा महासचिव किरण राईले नियुक्तिपत्र दिएका छन् । यसअघि टोलीका सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल थिए । नेपालले २४ जेठमा फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा संयुक्त अरब इमिरेट्स (युएई)सँग साउदी अरेबियामा खेल्दै छ । 

युएईविरुद्धको खेलको पाँच दिनपछि नेपालले यमनसँग साउदीमै खेल्ने तालिका छ । समूह ‘एच’मा नेपालले खेलेका चारै खेलमा हारको सामना गरेको छ । नेपालले चार खेलमा १४ गोल व्यहोरेको छ । नेपाल समूह ‘एच’बाट फिफा विश्वकप २०२६ बाट बाहिरिसकेको छ । दुई खेल बाँकी रहँदा नेपाललाई एसियन कप २०२७ खेल्ने अवसर अझै बाँकी छ । 

आरसी–३२ शीर्ष स्थानमा 
एन्फाले दुई खेलबाट ६ अंक खोसेको आरसी–३२ ले लगातार जित निकाल्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमाथि कब्जा जमाएको छ । आरसी–३२, पुल्चोक र बागमती युवा क्लबबीच शीर्ष स्थानको होड चलेको छ । सहभागी १४ क्लबबाट शीर्ष दुई टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । 

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा आरसी–३२ ले मनोहरा युनाइटेड युवा क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्यो । आरसी–३२ ले २–० को अग्रता लिए पनि मनोहराले गोल गर्दै विपक्षीमाथि दबाब राखेको थियो । आरसीको जितमा आशिष लावती र किस्मत लिम्बूले गोल गरेका थिए । मनोहराका लागि उत्तम शाहीले एक गोल फर्काए । जितसँगै आरसी–३२ ले १० खेलमा २२ अंक जोडेको छ । मनोहरा समान खेलबाट १४ अंकका साथ पाँचौँ स्थानमा छ । 

खेलको २०औँ मिनेटमा आशिषको गोलमार्फत आरसी–३२ ले अग्रता लियो । ६७औँ मिनेटमा किस्मतले टोलीको अग्रता दोब्बर बनाएका हुन् । इन्जुरी समयमा उत्तमले मनोहरालाई खेलमा फर्काउन प्रयास गरे पनि सफल भएनन् । 

ad
ad
ad
ad