१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा सार्वजनिक गाडीको भाडा घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

रसुवामा सार्वजनिक गाडीको भाडादर घटेको छ। सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीको भाडादर ७ प्रतिशतले घटाइएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार यातायात व्यवसायीसँग भाडा समायोजन गर्न छलफल गरेपछि भाडादर घटेको हो।

सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कात्तिक १ देखि रसुवाबाट काठमाडौंसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए। यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको छ। प्रशासनको आग्रहमा भाडादर घटेपछि अहिले रसुवा–काठमाडौं भाडादर सात सय ३० रुपैयाँ कायम भएको छ।  बुधबारदेखि उक्त भाडादर कायम भएको हो।

जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले साबिकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। ‘नागरिकहरूलाई केही राहत होस् भनेर भाडादर समायोजन गर्न यातायात व्यवसायीलाई हामीले आग्रह गरेका थियौँ। हाम्रो आग्रहलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभयो र सरकारले वृद्धि गरेको २३ प्रतिशतमा ७ प्रतिशत घटाउनुभयो,’ उनले भने।

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशन गरेको राजपत्रअनुसार भने काठमाडौं–धुन्चेको भाडा ३ सय ६५ रुपैयाँ तोकिएको छ। जसमा व्यवसायीले बाटोको अवस्था र गाडीमा दिइने सेवा सुविधाको आधारमा १५ प्रतिशतसम्म भाडा बढाउन सक्छन्। तर, मन्त्रालयले यातायात व्यवसायीले यसअघि लिँदै आएको भाडाभन्दा पनि कम दर रेट निर्धारण गरेको हो। यसअघि सार्वजनिक यातायातले ६ सय ६५ रुपैयाँ भाडा लिँदै आएका थिए।