१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२o:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भजन शिरोमणि आचार्य पद्मश्री साधना  सम्मानबाट सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

भजन शिरोमणि भक्तराज आचार्य पद्मश्री साधना सम्मान–२०७७ बाट सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले बुधबार विशेष समारोहका बीच नगद तीन लाखसहित सम्मानपत्रद्वारा आचार्यलाई सम्मान गरेकी हुन् । 

आचार्यले ०५० सालमा जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरे पनि पद्मश्री साधना सम्मान हालसम्मकै सबैभन्दा ठूलो धनराशिको भएकोमा खुसी व्यक्त गरेको उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए । गायक आचार्यले सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने अनुभव सुनाए ।

यस्तै, पद्मश्री साहित्य पुरस्कार २०७७ यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ रहेको छ । उक्त पुरस्कार तथा सम्मानपत्र आख्यानकार दाहाललाई प्रतिष्ठानका तर्फबाट पोखरेलले प्रदान गरिन् । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरूको संघर्षको कथा भएको र आगामी दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त प्रतिष्ठानमार्फत ०६३ सालदेखि उक्त सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आगामी वर्षबाट तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताए । उनी प्रतिष्ठानले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको र शक्ति, सत्ता, सम्पत्ति र जागिरभन्दा साहित्य साधना ठूलो भएको लेखकसमेत रहेको लामिछानेको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू वैशाख ०७९ भित्र उपलब्ध गराउन आग्रह गरे । आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

कार्यक्रममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तयार गरेको महेश पौडेलद्वारा अनुवादित ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक पुस्तकको साहित्यकार तथा लेखकद्वय ध्रुवचन्द्र गौतम र खगेन्द्र संग्रौलाले सार्वजनिक गरे । उक्त समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले साहित्यकारदेखि सत्तासम्म विषयक प्रवचन दिँदै साहित्यकार पनि सत्तामा पुगेको तर उनीहरू कोमल हृदयका हुन्छन् भन्ने आफूलाई विश्वास नलागेको बताए । –रासस