१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ बैशाख २४ सोमबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षाले कपिलवस्तुको धानबाली डुबानमा

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२o:oo

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ । कृषकले काटेर खेतमा सुकाएको धान र काट्ने वेला भएका धान बाली वर्षाले डुबानमा परेपछि  किसान चिन्तित बनेका छन् । दसैँलगत्तै धान काट्न सुरु गरेका कृषकले वर्षाका कारण क्षति व्यहोर्नुपरेको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने कपिलवस्तुको वाणगंगा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका,  शुद्धोदन, मायादेवीलगायत स्थानीय तहमा धानबाली वर्षा तथा हावाहुरीका कारण नष्ट भएका छ । कपिलवस्तुमा यस वर्ष सात प्रतिशतले धान उत्पादन वृद्धि हुने लक्ष्य लिइएको थियो ।

जिल्लाभित्र राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानले लगाएका छन् । त्यसबाहेक मध्यम जातमा गोरखनाथ,  सावा लोकनाथ, मकवानपुर १, रामधाम, साबित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनीजस्ता धानको खेती गरिएको छ ।

जिल्ला कृषि कार्यालय तथा कपिलवस्तुका १० स्थानीय तहका कृषि शाखाले भने हालसम्म कुनै पनि क्षतिको विवरण नआएको जनाएका छन् ।  
 

ad
ad