१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o५:५७:oo

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका– ५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीय बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङलाई घरको पिँढीबाट लात्तीले हानेका थिए । आँगनमा बजारिन गई गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाइएको थियो । चेकजाँचको क्रममा तामाङको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी दिएको छ । बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 
 

ad
ad