काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आधारभूत स्वास्थ्य सेवा प्याकेजको पुनरवलोकन र प्रभावकारी कार्यान्वयनका लागि तथ्य तथा प्रमाणमा आधारित निर्णय आवश्यक रहेको बताएकी छिन्।
‘नेपालमा आधारभूत स्वास्थ्य सेवाहरू : प्राथमिकता निर्धारण तथा अत्यावश्यक स्वास्थ्य हस्तक्षेपहरू’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उनले सीमित सार्वजनिक स्रोतको अधिकतम उपयोग गरी नागरिकलाई आवश्यक स्वास्थ्य सेवामा प्राथमिकता दिनुपर्ने बताइन् ।
बढ्दो नसर्ने रोगको भार र उपचारमा नागरिकले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्य सेवाको पहुँचलाई थप समतामूलक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
उनले अध्ययन प्रतिवेदनले स्वास्थ्य सेवा प्राथमिकता निर्धारण, स्रोतको उचित विनियोजन तथा तीनै तहका सरकारबिच समन्वय गरी आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।