काठमाडौं । सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३२ सहसचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवामा विभिन्न जिल्लामा कार्यरत सिडिओको अन्यत्र सरुवा भएको छ। महोत्तरीको सिडिओ रहेका इन्द्रदेव यादवको अर्थ मन्त्रालय, सिन्धुलीकी स्किम श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कञ्चनपुरका सिडिओ मदन कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ।
त्यस्तै, वीरगन्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिएका छन्।
सरुवा सूचीः