Skip This
प्रधानमन्त्री देउवाद्वारा गुरुको हातबाट टीका ग्रहण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका कर्मचारीलाई टीका लगाइदिँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : रोशन सोपकोटा/रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाद्वारा गुरुको हातबाट टीका ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:o८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टीकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान तोकिएकै साइत १० बजेर २ मिनेटमा देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

त्यस अवसरमा देउवाले पत्नी आरजु राणा र छोरा जयवीर देउवालाई दसैँको टीका लगाइदिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड– १९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रूपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई टीका लगाइदिएका छन्।

यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधारणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको हो।

ad
ad