१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २७ बुधबार १४:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् सुचारु गर्न सबैले आत्मसमीक्षा गर्नुपर्छ : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २७ बुधबार १४:५९:००

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गर्न सबैले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार, गठबन्धनलगायत विपक्षी सांसदहरूले पनि समीक्षा गर्नुपर्ने धारणा राखेका हुन् ।

‘एक प्रकारले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढेका छन् । अघोषित रूपमा भने पनि बजेट होलिडे जस्तै स्थिति आएको थियो, बजेट पास भएको छ । सरकारले गाँठो फुकाउन खोजेका कुरा गाँठो फुकेका पनि छन्। तर, मलाई यो लाग्दैन कि सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर उदासीन हुनुभएको छ राजनीतिक पार्टीका नेताहरू । तर, पनि दुवैतिरले पोजिसन दिने भएकोले अलि कुलीन भएर वातावरण बनोस् भन्ने खालको हो, पहल भएको छ।। सरकारले, गठबन्धनका सबै नेताहरूले र विपक्षी दलका नेताहरू सबैले समीक्षा गरौँ भन्ने अपिल गर्न चाहन्छु,’ उनले भने।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै संसद् चलाउन संवादको विकल्प नभएको बताए ।