मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २३ शनिबार ०६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पर्सा र बाँकेसहित चार जिल्लाका सिडिओ फेरिए  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २३ शनिबार ०६:०९:००

गृह मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । बाँके, पर्सा, रौतहट र सुनसरीका सिडिओको सरुवा भएको हो ।

पर्सामा उमेश ढकाललाई पठाइएको छ । उनी सुनसरीमा सिडिओका रूपमा कार्यरत थिए । रौतहटमा सिडिओका रूपमा कार्यरत इन्द्रदेव यादवलाई सुनसरीको सिडिओ बनाइएको छ । त्यस्तै, बाँकेमा उपसचिव सूर्य खत्रीलाई कामु सिडिओका रूपमा पठाइएको छ । उनी गत महिना मात्र उद्योगबाट गृहमा आएका थिए ।

पर्साका सिडिओ पीताम्बर घिमिरे,  बाँकेका सिडिओ शिवराम गेलाल गृह मन्त्रालयबाट बाहिरिएका छन् । गृहले गत साता मात्र एक दर्जन जिल्लाका सिडिओ हेरफेर गरेको थियो ।