१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५४:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँमा कस्तो खसी छान्ने ? स्वस्थ खसी कसरी चिन्ने? (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

सन्तोष खत्री, अध्यक्ष, नेपाल चौपाया खरिद बिक्री संघ

दसैँ नजिकिँदै गर्दा सहरमा खसी–बोकाको बिक्री वितरण बढ्न थालेको छ। अन्य समयमा भन्दा दसैँमा धेरै मासु खाइन्छ। तर, यो वेलामा हामीले कस्तो मासु खाने भनेर थाहा पाउन जरुरी छ। हामीले खसी वा मासु छान्दा कम बोसो भएको छानौँ । त्यस्तै, नेपालमै उत्पादन भएका खसीबोका किन्दा मासु स्वादिष्ट र कम बोसो भएको पर्छ। भारतबाट आयातित खसीबोकाहरू धेरै मोटा हुन्छन्। कतिपयमा सुईसमेत हानेर  छिटो हुर्काएको भनेर पनि हामीले सुन्ने गरेका छौँ । तर, नेपालका किसानले त्यसो गरेका छैनन्। गाउँघरमा घाँस, पानी र दाना खाएर हुर्किएका खसी काठमाडौंमा आउँछन् । त्यस्तै, खसी किन्दा कान छेडेको छ वा छैन हेरौँ। कानमा चिह्नहरू पनि लगाइएको हुन्छ। त्यसमध्ये हरियो चिह्न लगाएको खसी रौजौँ। पशु सेवा विभागले यो खसी खानको लागि उपयुक्त छ भनेर चिह्न लगाउने गर्छ। कतिपय खसी बिरामी वा रोगी छन् भने तीनको कानमा रातो ट्याट लगाइएको हुन्छ । 



नेपालकै खसी बोकाले पनि पुर्‍याउन सकिन्छ 
अहिले जिउँदो खसी प्रतिकेजी ६ सय ५० पर्छ। दसैँसम्म यो मूल्य अझ बढ्न सक्छ। काटेको मासुको मूल्य अहिले १३ सय छ। यो मूल्य पनि घटबढ हुन सक्छ। हाल नेपालमै उत्पादन गरिएका खसीबोकाले दसैँको वेला बजार धान्न सक्ने अवस्था हुन थालेको छ। किनभने, करिब ६० प्रतिशत नेपालकै उत्पादनले पुग्छ । अन्य ४० प्रतिशत भारतबाट ल्याउनुपर्छ। यसलाई पनि हामीले ध्यान दिएर कृषितिर लाग्ने हो भने रोक्न सक्छौँ र मासुमा आत्मनिर्भर बन्न सकिने अवस्था हुन्छ। 
बिक्री वितरण गर्न सुरक्षित र सफा ठाउँ छैन
खसी–बोकाको बिक्री वितरण गर्नको लागि सुरक्षित र सफा ठाउँ छैन। हाल काठमाडौंमा भित्री गल्ली र चोकबाट पनि खसी बिक्री वितरण गरिन्छ। कलंकीको खसी बजार र टुकुचा खसी बजारमा सबैभन्दा बढी खसी ल्याइन्छ र यहाँबाट खुद्रा बिक्री हुन्छ। कतिपय किसानले बाटोबाटै पनि बिक्री वितरण गर्छन्। हामीले अब खसी तथा बोकाको बिक्री वितरणलाई थप व्यवस्थित पार्नको लागि नयाँ फार्म बनाउँदै छौँ। सरकारले चासो नदिए पनि नेपाल चौपाया खरिद बिक्री कृषि फार्म भनेर बनाउन लागिपरेका हौँ। 

भेटेनरी जाँच गरेका खसी किनाैँ
हाल बजारमा विभिन्न ठाउँबाट खसीहरू ल्याइन्छ र बिक्री वितरण गरिन्छ। गाउँघरबाट ल्याइएका खसीबोका सहरबाट बिक्री हुन्छन्। बाटैमा पनि किनबेच हुन्छ। तर, त्यसरी नकिनौँ । किनभने सबै खसी स्वस्थ हुँदैनन्। आधिकारिक बिक्री केन्द्र वा बजारमा पुगेर किनबेच गर्दा स्वास्थ्य चाँज गरेका खसीबोका पाइन्छ।