१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

मेरा पिक हिमालमा स्याब्रु नाच छायांकन गरेर विश्व रेकर्ड राख्ने योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३९:oo

शेर्पा कार्यक्रम आयोजकले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक (६,४७६ मि.) हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउने भएको छ । शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरूको वृत्तचित्र छायांकन गरी विश्व रेकर्ड कायम गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले जानकारी दिएको छ । स्याब्रु नृत्यमा महिला, पुरुष दुवै सहभागी हुन्छन् । 

आयोजकका अनुसार कार्यक्रममा विभिन्न जिल्लाका १८ जना शेर्पा युवायुवती सहभागी हुनेछन् । टोली आगामी शुक्रबार काठमाडौंबाट सोलुखुम्बु प्रस्थान गर्नेछ । काठमाडौंबाट हिँडेको १५ दिनभित्र रेकर्ड राख्ने र ७ कात्तिकमा काठमाडौं आउने कार्यक्रम रहेको शेर्पाले बताए । 

शेर्पा समुदायको परम्परागत रीतिरिवाज, भाषा, कला, संस्कृति, पहिचान र विविध संस्कृति, मूल्यमान्यतालाई जीवन्त राख्ने उद्देश्यले क्रियाशील रहेको पत्रकार सम्मेलनमा कार्यक्रमका अध्यक्ष निरु शेर्पाले बताए । ‘शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेको छ । यस जातिको मूल्यमान्यता, रीतिरिवाज र परम्परागत संस्कृति बौद्धधर्ममा आधारित छन् । स्याब्रु शेर्पाहरूको भाषा, भेष, कला संस्कृतिसँग सम्बन्धित मौलिक नाच हो, जसमा आफ्नै मौलिक बाजा टुब्नाको प्रयोग गरिन्छ । यो नाच बिहेबारी, लोसारलगायत अन्य चाडपर्वहरूमा पनि नाचिन्छ । यस नाचमा महिला पुरुष दुवैको सहभागिता रहन्छ । यो एउटा सामूहिक नाच हो जसमा शेर्पाहरूको मौलिक पहिचान झल्किन्छ ।’ शेर्पाले भने । 

शेर्पा समुदायको मात्र नभएर नेपालकै शिर उच्च राख्दै विश्वकै आदिवासीहरूको प्रतिनिधित्व गर्दै एउटा गौरवशाली इतिहास रच्ने विश्वास गरिएको शेर्पाले बताए । 

हिमालसँगको प्रगाढ नातालाई झल्काउँदै विश्व तामक्रम न्यूनीकरण गरी प्रकृतिलाई सम्मान अनि माया गर्नुपर्छ भन्ने सन्देश पनि विश्वसामु प्रवाह गर्ने उनले बताए । कोभिड– १९ले अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई उकास्नको साथै पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

ad
ad