१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फोटो।
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीमा पुस्तान्तरण होइन, रूपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन्। दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रूपान्तरणको खाँचो रहेको औँल्याए। 

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रूपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ। कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “नेताहरूको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ। त्यसलाई अन्त्य गर्नुपर्छ ।”

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने उनले बताए। “१४औँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । ध्रुवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ,” उनले भने।